|  

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

१ असार २०८१, शुक्रबार ०६:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ३२, काठमाडौँ । आज २०८१ साल जेठ ३२ गते शुक्रबार सन् २०२४ जुन १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शुक्रबार अमेरिकी डलर र कतारी रियालको विनिमयदर स्थिर हुँदा युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ । शुक्रबार बेलायती पाउण्डको बिक्रीदर १७१ भन्दा माथि पुगेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३४ पैसा र बिक्री दर १७१ रुपैयाँ १४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

१ असार २०८१, शुक्रबार ०६:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस