यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
जेठ ३२, काठमाडौँ । सत्तारुढ सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा साहले टिकटकमाथि प्रतिबन्ध लगाइए पनि अन्य सामाजिक सञ्जाहरूल चलिरहेकाले टिकटकमा मात्र प्रतिबन्ध लगाइनु उचित नभएको बताए ।
टिकटकमा प्रतिबन्ध लगाइए पनि भीपीएन प्रयोग गरेर प्रयोगकर्ताहरूले चलाइरहेको बताए । टिकटक बन्द गरेपछि आपराधिक घटना घटेको तथ्याङ्क सरकारसँग छैन होला भन्दै उनले बरु ब्यान्डविथ घटेर आम्दानीमा असर परेको उनले बताए । टिकटक बन्द हुँदा साना व्यापारीहरू समस्यामा परेको उनले बताए ।