|  

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको ‘रूलिङ’

१ असार २०८१, शुक्रबार १२:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जेठ ३२, काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो ।

१ असार २०८१, शुक्रबार १२:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस