|  

बझाङमा दुई भूकम्प

२ असार २०८१, शनिबार ०६:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १, काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो ।

बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

२ असार २०८१, शनिबार ०६:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस