|  

क्याम्पस प्रमुख कुशवाह हत्या प्रकरण : गोली हान्ने ६ शंकास्पद पक्राउ

२ असार २०८१, शनिबार १३:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १, काठमाण्डौँ । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको प्रहरी भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । शुक्रबार साँझ ५ बजेतिर कुशवाहमाथि जिल्ला सदरमुकाम कलैयाभन्दा २० किलोमिटर टाढा आदर्श कोतवाल गाउँपालिका ३ बतरामा गोली प्रहार गरिएको थियो ।

मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर घाइते कुशवाहलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । कुशवाहलाई गोली प्रहार गरी गरिएको हत्याको घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको खड्काले बताए ।

२ असार २०८१, शनिबार १३:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस