|  

बिदाको दिनमा पनि जनताकै सेवामा अध्यक्ष श्रेष्ठ : बिकासको भुकम्प ल्याउने उहाँको कार्यकाल अहिल्यै सफल भएको दावी !

२ असार २०८१, शनिबार २३:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । सार्वजनिक बिदामा समेत गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ जनताकै सेवामा लागीरहनुभएको छ । शनिबार बिद्यालय मात्र हैन, सबै सरकारी तथा गैरसरकारी संस्था तथा बिद्यालयलाई सार्वजनिक बिदा हुन्छ ।

यो दिन कुनै पनि कार्यालयमा काम हुँदैन । सरकारी कार्यालय समेत बन्द हुने दिनमा गाउँपालिका अध्यक्ष श्रेष्ठ भने चर्को गर्मीमा पनि जनताको घरदैलो, दुख पिरमा सामेल हुँदै बिकास निर्माणका काममा लागी रहनुभएको छ । ठूलो चाहाना, ईच्छा र ईष्स्र्याको भावनालाई पन्छाउँदै जनताको सेवा, बिकास र उत्तरदायित्वलाई मुख्य रुपमा निर्वाह गरिरहनुभएको छ । सार्वजनिक बिदा थियो तर गाउँपालिका अध्यक्षले बिदा नलिई सार्वजनिक काममा लाग्नुभयो ।

आज शनिबारका दिनमा पनि पाँच पाँच वटा कार्यक्रममा सहभागी भएर जनताको हरेक दुख कष्ट र खुसिमा समेल हुनुभएको छ । कार्यक्रमहरु साना थिएनन्, गजुरी गाउपालिकालाई बालमैत्री घोषणा देखि जातिय पहिचान जोगाउने कार्यक्रम तथा ठुला बजेटमा बनिरहेका बिकासका आयोजनाहरुको निरिक्षण गर्दै आबश्यक निर्देशन समेत दिनुभएको छ ।
गजुरी गाउँपालिकाको आयोजनामा गजुरी वडा नं.१ बरेछापमा बालमैत्री स्थानीय तह घोषण प्रोत्साहन कार्यक्रम सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री पालिका घोषणा गर्नको लागी केकस्ता मापदण्ड तयार हुनुपर्छ भन्ने कुरामा जोड दिँदै नेपाल सरकारले दिएको दिवा खाजाको कार्यक्रम कक्षा ७ सम्म दिने ब्यबस्था मिलाउने पालिका गजुरी पहिलो नम्बरमा रहेको कुरा अध्यक्ष तथा सोहि कार्यक्रमका प्रमुख अतिथी गणेशलाल श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गजुरी गाउँपाकिला वडा नम्बर ६ का अध्यक्ष भक्त बहादुर कर्ण तामाङले पनि बालबालिकाहरुको लागी सबै क्षेत्रमा पहल भईरहेको र सबै क्षेत्रलाई बालमैत्री क्षेत्रका रुपमा बिकास हुनुपर्ने कुरामा जोड दिनुभयो ।
घाम चर्किरहेको थियो । आज शनिबार भएकाले बजार तथा सडकहरु पनि सुनसान थिए । तर गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको मनमा शान्त थिएन । अझै चार वटा कार्यक्रममा सहभागी हुनु थियो । मन, मष्तिष्क सबै जनताहरुकै सेवामा र उनीहरुले पर्खिरहका होलान् भन्दै छोटा मन्तब्य राख्दै तिर्खा, भोक नभनी लागीरहनुभयो ।

गजुरी गाउँपालिका वडा नं.२ मा नेवारहरुको वडा कमिटी भेलामा सहभागी भएर अध्यक्ष श्रेष्ठले कमिटीका अध्यक्ष भुवन श्रेष्ठको टिमलाईलाई बधाई दिँदै कार्यकालको शुभकामना दिनुभयो ।
त्यहाँको कार्यक्रम सकेर गजुरी गाउँपालिका वडा नं.२ बाट डुडेठाँटी, छेपाङ हुँदै सुन्दर नाङ्गी जाने सडक खण्ड अन्तर्गत डुडेठाँटी देखि चम्पराङ जाने चोक सम्म पिचको अनुगमन साथै काम गुणस्तरीय बनाउन ठेक्दारलाई निर्देशन दिनुभयो । गजुरीका हरेक कुना कुनामा सडकहरु पिच भईरहेका छन् । जता पनि बिकासै बिकास । बिकासको भुकम्प ल्याउने अध्यक्ष श्रेष्ठको कार्यकाल सफल भईसकेको अनुभूति हामीलाई भईरहेको छ ।

यसैक्रममा बागमती प्रदेश सरकार मार्फत गजुरी गाउँपालिका वडा नं.२ मा बन्दै गरेको तुदि खोला मोटर रेल पुलको अनुगमन साथै काम गुणस्तर बनाएर छिटो भ्याउन निर्देशन समेत उहाँले दिनुभयो ।
यसैगरि बागमती प्रदेश सरकार मार्फत गजुरी गाउँपालिकाको अमिलटार देखि डाँडागाउँ, बित्लव जाने बाटो ढलानको लागि बिनियोजित रु. बिस लाख बजेट ढलान कामको अनुगमन साथै गुणस्तरीय बनाउन निर्देशन समेत दिनुभयो ।

साँधm पर्नै लागकेो थियो तर कुनै हतास नगरी मिलनटार किराञ्चोक सडकको पिचको अनुगमन गर्न पुग्नुभयो । अहिले प्रदेश सरकारले दिएको बजेटबाट गुणस्तरिय काम कसरी भईएरहेको छ भनेर आबश्यक निर्देशन दिँदै पालिका अध्यक्ष श्रेष्ठले बिकासका काममा कुनै कसर बााकी नराख्न आग्रह समेत गर्नुभयो । यता हेर्छु सडक कालोपत्रे छ, उता हेर्छु कालो पत्रे छ, अलि माथी हेर्छु ग्रावेलको काम भईरहेको छ ।
अझ पल्लो डाँडामा हेर्छु कुलो काटेर, बाटो बढाउँदै पिचको काम सुरु हुनै लागेको देख्छु । साच्चै बिकास त आखिर गरे हुँदो रहेछ नी, पहिले पनि पाँच बर्ष सरकार चलाएपनि यति धेरै बिकास त देखिएको थिएन, भन्छन् जनताहरु । साच्चैँ बिकासको लहर, हरेक आमा बुवा अनि बालबालिकाहरुको अभिभावक बन्न सफल हुनुभएका अध्यक्ष गणेशलाल श्रेष्ठलाई सलाम ।।

 

२ असार २०८१, शनिबार २३:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस