|  

काठमाडौंमा कवाड व्यवसायीको प्रदर्शन

३ असार २०८१, आईतवार १४:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २, काठमाडौँ । काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर्न माग गर्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।

३ असार २०८१, आईतवार १४:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस