|  

आईसिसी टी-२० विश्वकप : बंगलादेशसँग नेपाल २१ रनले स्तब्ध

४ असार २०८१, सोमबार ०८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ ।

केवल एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो । नेपालका लागि कुशल मल्ल २७, दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेखले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

४ असार २०८१, सोमबार ०८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस