यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । बेनिघाट रोराङ गाउँपालिकामा आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा लागु भईसकेको छ । गाउँपालिकामा ४–१३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको र सो उमेर समूहका आधारभूत तहसम्मका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको घोषणा गरिएको छ । यसका लागी आज अनिवार्य तथा निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत ३३ जना बालबालिकाहरुलाई झोला तथा शैक्षिक सामग्री बितरण गरिएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको रोहवरमा आज झोला बितरण कार्यक्रम सम्पन्न भएको अध्यक्ष राजु मगरले बताउनुभएको छ ।
यसका साथै बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ४ मा ज्योति आमा समुहलाई १५ वटा मौरीको घार समेत बितरण गरिएको छ ।
पालिकाका दश वटै वडाहरूले यसअघि नै निशुल्क शिक्षा कार्यक्रम लागु भएको घोषणा गरिसकेका छन् । समग्र पालिकाभरि नै अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको घोषणापछि पढाईमा गुणस्तर तथा संख्या बढ्नेमा आशावादी रहेको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष बिवेक थपलियाले बताउनुभयो ।