|  

मन्त्री जम्कट्टेल द्वारा सिन्धुलीको सहिदपार्क निरिक्षण

६ पुष २०७६, आईतवार २२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुल्कोटमाथि बीपी राजमार्गसँग जोडिएको थुम्कोमा करिब तीन हेक्टर जग्गामा निर्माण थालिएको बोटानिकल पार्कको आईतवार ३ नं. प्रदेश सरकारका आत्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले निरिक्षण गर्नुभएको छ ।
निर्माणाधिन पार्कको मन्त्री जम्कट्टेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीका अध्यक्ष तथा ३ नं. प्रदेशसभा सदस्य लेखनाथ दाहाल (राजन), सुनकोशी गाउपालिका उपाध्यक्ष दिर्व सिङ मुक्तान लगाएतले निरिक्षण गर्नुभएको हो ।
सहश्रधारा सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको पार्कमा खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टर समेत निर्माण भइरहेको सहश्रधारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रदेश सरकारको लगानीमा डिभिजन वन कार्यालय मरिण (सिन्धुली) ले पार्कको योजना कार्यान्वयन गरिरहेको छ । निर्माण कार्य सामुदायिक वन उपभोक्ता समितिमार्फत भइरहेको छ ।
सुख्खा ठाउँ भएकाले सुनकोसीको पानी तानेर बोटानिकल गार्डेनका रूपमा हरियाली बनाउने योजना छ । बीपी राजमार्गमा आवतजावत गर्ने यात्रुले समेत पार्कमा केहीबेर सुस्ताउने मौका पाउने छन् ।
उहाँका अनुसार सुनकोसीबाट पानी लिफ्ट गरी बोटानिकल पार्क क्षेत्रमा पु¥याइने छ । बोटानिकल पार्कमा बिरुवा लगाउने कार्यसमेत थालिएको छ । पार्कमा अहिले पाँच प्रजातिका बिरुवा लगाउने तयारी छ । कपुर, कल्की, काँगियो, कण्ठेपूmल, ज्याकारान्डाजस्ता अर्नामेन्टल प्लान्ट र राजवृक्षलगायत आयुर्वे्दिक बिरुवासमेत लगाइने बताइएको छ ।
शहीद गाउँको पर्याय पाएको सिन्धुली जिल्लाको नागेडाँडामा जनआन्दोलन, सशस्त्र युद्ध, बलिदानी र निर्माणको प्रतिबिम्बका रूपमा शहीद पार्क निर्माण पनि थालिएको छ ।
सुनकोसी गाउँपालिका–५ नागेडाँडामा प्रदेश सरकारको करिब एक करोड रुपियाँको लागतमा शहीद स्मारक र बोटानिकल पार्क निर्माण भइरहेको छ । नागेडाँडाको टारीगाउँमा करिब दुई हेक्टर जग्गामा शहीद स्मारक निर्माण थालिएको हो । सहश्रधारा सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको स्मारक र पार्क दुवै खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टरसमेत निर्माण भइरहेको छ । Leftreviewonline बाट

६ पुष २०७६, आईतवार २२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस