|  

मौसम पुर्वानुमान : मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

१५ असार २०८१, शुक्रबार ०६:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार १४, काठमाण्डौँ । शुक्रबारदेखि मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित रहने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले औंल्याएको छ ।

मनसुनी वायुको प्रभावले शुक्रबार शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ ।

अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।

शुक्रबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

१५ असार २०८१, शुक्रबार ०६:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस