|  

अध्यक्ष गणेशलाल श्रेष्ठ निरन्तर जनताको सेवा गर्दै, एकैदिन यति धेरै अनुगमन !

१५ असार २०८१, शुक्रबार १७:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ निरन्तर बिकास निर्माणका काममा लागी रहनुभएको छ । बिदाको दिन अथवा अन्य दिन जनताको सेवामा लागीरहनुहुने अध्यक्ष श्रेष्ठले बिहिबार पनि बिभिन्न कार्यक्रमहरुमा सहभागी हुनुभयो । गजुरी गाउँपालिका वडा नं ६ मा पर्ने स्यामैडाँडा,भस्मेखोला,बगतीमा चेपाङ चिउरी चमेरो कार्यक्रम अन्तर्गत वृक्षरोपण कार्यक्रम उहाँले उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको यो योजनालाई सफल बनाउनुपर्ने बताउँदै उहाँले यस्ता योजनाहरु धेरै स्थानमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । गजुरी ६ का वडा अध्यक्ष भक्त बहादुर तामाङले पनि बृक्ष रोपणगरि कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

यसैक्रममा प्रारम्भिक वातावरणीय अध्ययन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा समेत सहभागी हुनुभएको थियो । यसैगरि मिलनटार किराञ्चोक सडक निर्माण सम्पन्न भएको स्थानमा पुगी निमाणर््ा कम्पनी तथा कामदारहरुलाई धन्यवाद दिनुभएको थियो । समय अगावै निर्माण सम्पन्न भएको यो सडक प्रदेश सरकारको लगानीमा निर्माण भएको हो ।

१५ असार २०८१, शुक्रबार १७:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस