यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार १८, काठमाडौँ । नयाँ राजनीतिक समीकरण बनाउन संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता संचालनका लागि गठबन्धन गर्ने सहमति भएको हो ।
सोमबार अध्यक्ष अोली र कांग्रेस सभापति शेर बहादुर देउवाले आलोपालो सरकार चलाउने गरि सहमति भएको बताइएको छ । सहमति अनुसार ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्नेछन् । ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालय ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र बाँकी मन्त्रालय अन्य दलका लागि राखिने बताईएको छ ।
त्यस्तै दुई दलबीच विद्यमान निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशोधन गर्ने सहमति समेत भएको छ । त्यसका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति भएको हो ।