|  

सातै प्रदेशका गृहमन्त्रीको भेला बिराटगरमा

११ पुष २०७६, शुक्रबार १८:५९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सातै प्रदेशका गृहमन्त्रीको भेला विराटनगरमा हुने भएको छ। प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, सचिव र मुख्य न्यायधिवक्ताका बीचमा छलफल हुन लागेको हो। सो भेलाका लागि अन्य प्रदेशका मन्त्री,सचिव र न्यायधिवक्ता शुक्रबार विराटनगर पुग्दैछन्। प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलका अनुसार हालसम्म बनाइएका कानुन, त्यसको कार्यान्वयन र अनुभव आदानप्रदान हुनेछ। यस अघि प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री जम्कट्टेलको अगुवाईमा हेटौंडामा सात वटै प्रदेशका मन्त्रीहरुको छलफल भएको थियो।

सङ्‍घीय संसदले पारित गरेको सङ्‍घीय प्रहरी कानुनसँग नबाँझिने गरी प्रदेश ३ मा प्रदेश प्रहरी सम्बन्धी विधेयक तयार पारी छलफलमा ल्याएको छ। यसअघि प्रदेश २ सरकारले बनाएको प्रदेश प्रहरी सम्बन्धी कानुन सङ्‍घीय प्रहरी ऐन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन। अन्य पाँच वटा प्रदेशले प्रदेश प्रहरी सम्बन्धी कानुनी मस्यौदा तयार पारी छलफलमा ल्याएका पनि छैनन्। प्रदेश ५ ले बनाएको संघ/संस्था दर्ता सम्बन्धी कानुन सङ्‍घीय गृहमन्त्रायको निर्देशनपछि लागू नहुने अवस्थामा पुगेको छ। संविधान अनुसार सङ्‍घीय कानुनसँग नबाझिने गरी प्रदेशले कानुन बनाएर लागू गराउन सक्छन ।
नेपाल न्युज अन्लाईन बाट

११ पुष २०७६, शुक्रबार १८:५९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस