यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर एक स्थित गजुरी बजारमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । क्रियसन नेपालको आयोजना, गजुरी गाउँपालिकाको समन्वयमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
बजार वरपर रहेका प्लास्टिकका झोला, चाउ चाउका खोल, सूर्तिजन्य खोल लगायतका कुहिने र नकुहिने फोहोर संकलन अभियान सम्पन्न भएको हो ।
गजुरी ट्राफिक प्रहरी चौकी, सशस्त्र प्रहरी क्याम्प, क्रियसन नेपालका प्रतिनिधी, गाउँपालिका अध्यक्ष तथा वडा नम्बर एकका अध्यक्ष तारानाथ भण्डारी लगायत स्थानियहरुको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको क्रियसन नेपालका गजुरी संयोजक गणेश पाण्डेले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठले सरसफाई कार्यक्रममा विभिन्न संघ सस्था सामाजिक व्यक्तित्व स्थानीयहरुले आफ्नो ठाउँ बजारलाई सुन्दर बनाउन आफै अघि बढ्नु पर्दछ भन्ने नाराका साथ सहभागिता जनाई सरसफाई अभियानमा सहभागी हुनुभएका सबैलाई धन्यवाद दिनुभयो । स्वच्छ गजुरी, हराभरा गजुरीको नारालाई आत्मुसाथ गर्दै फोहोर ब्यबस्थापनमा गाउँपालिका लागी परेको कुरा स्मरण गराउनुभयो ।
यसैक्रममा गजुरी गाउँपालिका वडा नम्बर एकका अध्यक्ष तारानाथ भण्डारीले स्थानिय टोल बिकास संस्था सबै संघ संस्था र सामाजिक ब्यक्ति र बजारवासी जुटे र संचालित सफाई अभियानलाई प्रशंसा गर्दै यस्ता अभियान सधैंको लागि सरसफाई अभियान गरिनु उचित हुने सुझाव दिनुभयो । कार्यक्रममा क्रियसन नेपालका गजुरी संयोजक गणेश पाण्डेले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने कुरामा जोडदिनुभयो ।
सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयमा सरसफाइमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए ।