यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
असार २४, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सयले रुपौयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार प्रतितोला एक लाख ४५ हजार चार सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।
आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ ।
महासंघले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।