|  

पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

२७ असार २०८१, बुधबार ०९:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


असार २६, पोखरा । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो ।

ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको छ ।

२७ असार २०८१, बुधबार ०९:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस