यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन १, काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।