यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
अनेरास्ववियूले केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय बनाउँदै एकता टुंग्याएपछि असन्तुष्ट समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर अन्यायपूर्ण एकता अस्वीकार्य नहुने बताएका छन ।
लामो समयको अन्यौलतापछि शुक्रबार अनेरास्ववियूले भागबन्डाका आधारमा एकता टुंग्याएको थियो।
संगठनमा विधि, पद्धति, क्रियाशीलता र क्षमतावानलाई पूर्वाग्रही ढंगले पाखा लगाउँदै गरिएको एकता आफूहरूलाई अस्वीकार्य हुने असन्तुष्ट समूहले प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
उनीहरूले अन्यायपूर्ण एकता सच्याउन पनि माग गरेका छन्।
प्रचण्डलाई भेट्न उपाध्यक्ष पञ्चा सिंह, दिपक देवकोटा, रविकिरण यादवसहित प्रदेशका संयोजकहरू मदन भट्टराई, सूर्यनारायण शाह, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाहीलगायत पुगेका थिए