यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिने भएका छन् । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लागेका हुन् ।
आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।