|  

प्रदेश नं. ३ को गरियो न्वारन, नाम : वाग्मती, राजधानी : हेटौंडा

२७ पुष २०७६, आईतवार १८:२८ प्रकाशित
राजन अधिकारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी
हेटौंडा । प्रदेश सभा गठनको करिव २ वर्ष पछि ३ नं. प्रदेशको नामाकरण गरिएको छ । आईतवार ३ नं. प्रदेशसभाको वैठकले ३ नं. प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा हुने गरी पारित गरेको हो । सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम वाग्मतीको पक्षमा १ सय ८ मत खसेको थियो ।
प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदको मत वाग्मतीको पक्षमा खसेको हो । दुईतिहाइ मत बाग्मतीको पक्षमा खसेकाले प्रदेश ३ को नामाकरण वाग्मती कायम भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । वाग्मती हुँदैन भन्ने पक्षमा मत नै परेन् ।
आजै राजधानीको नामाकरणका लागि भएको मतदानबाट हेटौंडा पारित भइसकेको छ । हेटौंडाको पक्षमा १ सय ५ र धुलिखेलको पक्षमा ३ मत परेको थियो । प्रदेश राजधानीको विषय निकै पेचिलो हुँदै आए पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसले ह्वीप जारी गर्दै हेटौंडानै स्थायी राजधानी बनाउन सफल भएका हुन् ।

२७ पुष २०७६, आईतवार १८:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस