|  

जुम्लामा सुत्केरी र १९ वर्षीया युवतीको निसासिएर मृत्यु, ११ दिनको शिशुको गम्भीर

८ श्रावण २०८१, मंगलवार १३:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, जुम्ला । जुम्लामा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको ज्यान गएको छ । जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया छन् । निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा दिदीबहिनी निसास्सिएका हुन् । धुवाँमा निसास्सिएका ११ दिनका शिशुको अवस्थासमेत गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

८ श्रावण २०८१, मंगलवार १३:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस