|  

वाग्मती प्रदेशमा माघ १६ गते सहिद दिवस भब्य रुपमा मनाउने

३ माघ २०७६, शुक्रबार १५:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ माघ ३ हेटौंडा
वाग्मती प्रदेशमा माघ १६ गते सहिद दिवस २०७६ विविध कार्यक्रमहरुको आयोजना गरि भब्य रुपमा मनाउने तयारी गरेको छ ।
सहिद दिवस २०७६ को लागि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल अध्यक्ष र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचीव रहेको मुल समारोह समिति गठन गरि प्रदेश सरकारका सभामुख, मन्त्री, विपक्षी दल नेता, प्रदेश सभाका विभिन्न समिति सभापतिहरु, जि.स.स.मकवानपुर प्रमुख, प्रदेश प्रमुख सचिब, हे.उ.न.पा. प्रमुख, प्रदेश सरकारका सचीव ज्युहरु, सुरक्षा प्रमुखहरु, पत्रकार लगायत विभिन्न कार्यलय प्रमुखहरु रहेको ५२ सदस्यीय मुल समारोह समिति गठन गरेको छ ।

माघ १६ गते बिहान ८ बजे सहिद दिवसको अवसरमा “सहिद स्मारकमा” मुल समारोह समितिको आयोजनामा ठुलो जनसहभागिता सहित भब्य कार्यक्रम हुने वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । साथै सहिद दिवसको अवसरमा नगर क्षेत्र सरसफाइ, र्याली आदि कार्यक्रमहरु पनि हुने मन्त्री जम्कट्टेलले जानकारी गराउनु भयो ।

३ माघ २०७६, शुक्रबार १५:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस