|  

अनेरास्वयू धादिङको संयोजकमा श्रेष्ठ र सह – संयोजकमा जम्कटेल

६ माघ २०७६, सोमबार ०८:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


    धादिङ माघ ६ । सत्तारुढ दल नेकपा नीकट दुई विद्यार्थीहरुको दुई साता अघि एकता प्रक्रिया टुङ्गिए सँगै जिल्ला संयोजक र सह संयोजक पनि चयन गरिएको छ ।

पूर्व एमाले निकट अनेरास्ववियुकाले भुवन श्रेष्ठले धादिङको जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् भने पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट सह संयोजक उपेन्द्र जमकट्टेल चयन भएका छन् ।

यस अधिको केन्द्रिय एकता भेलाबाट अनेरास्ववियूको केन्द्रिय सदस्यमा धादिङबाट ६ जना चयन भएका थिए । जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट ४ जना र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट २ जना छन् ।

धादिङबाट केन्द्रिय सदस्य हुनेमा पूर्व एमाले निकट अनेरास्ववियुबाट सन्तोष राना क्षेत्री, संजय दुवाडी, सजिना थापामगर, किरण सापकोटा र पूर्व माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट केन्द्रिय सदस्य हुनोन संजिव रेग्मी, बिमल तामाङ छन् ।

६ माघ २०७६, सोमबार ०८:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस