यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन २५, काठमाडौँ । काठमाडौंको कमलादीमा सडक भाँसिएको छ । काठमाडौं महानगरपालिका कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक गए राति नै भासिएको स्थानीयले जनाएका छन् ।
महानगर कार्यालयको अगाडि रहेको तीनधारा मार्गमा सडक भासिएको हो । सवारी आवतजावत नै नहुने गरी सडक भासिएको छ । प्रहरीका अनुसार भासिँदा हिजो रातिदेखि नै उक्त बाटो बन्द भएको छ ।
दरबारमार्गबाट कमलपोखरी जाने सवारीलाई नारायणहिटीको मुख्य ढोका हुँदै डाइभर्सन गरिएको छ । यसअघि सोह्रखुट्टेमा सडक भासिदा चालकसहित मोटरसाइकल खाल्डोमा फसेको थियो । चालकको तत्कालै सकुशल उद्दार गरिएपनि मोटरसाकइल भने केही घण्टापछि मात्रै निकालिएको थियो ।