यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन २६, काठमाण्डौँ । ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले उल्लेख गरेको छ ।
दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो ।
यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।