|  

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

२९ श्रावण २०८१, मंगलवार ०८:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २९, काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको आजदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु हुँदैछ ।
सो प्रक्रियाका प्रारम्भका लागि संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

२९ श्रावण २०८१, मंगलवार ०८:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस