|  

दशौँ राष्ट्रिय खेलकुदको कार्यविधि तयार, के छ कार्यविधिमा ?

३१ श्रावण २०८१, बिहीबार ०६:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३१, काठमाडौँ । कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा खेलकुदमन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टङ्कलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी टुङ्गो लगाएको हो ।

कार्यविधिमा खेलाडी, प्रशिक्षक, अफिसियल र रेफ्रीको पोशाक, खेल सामग्री, व्यवस्थापकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमका बारेमा छलफल गरिएको हो । यसमा प्रतियोगिता आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य गर्नेसमेत गर्दछ ।

कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि बनाएको हो । यसैअनुसार बजेटको खाका बनाउनुपर्ने हुँदा कार्यविधिको कामलाई सकिएको राखेपले जनाएको छ । आउँदै गरेको १०औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरु भइसकेको छ । जसले गर्दा कार्यविधि पनि तय गरिएको मन्त्रालयले बताएको छ ।

३१ श्रावण २०८१, बिहीबार ०६:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस