|  

साफ यू–२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

६ भाद्र २०८१, बिहीबार ०७:३० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र ६, काठमाडौँ । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलको विजेता टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्नेछन् ।

समूह एमा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ । श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन् । समूह एको विजेताले सेमिफाइनलमा समूह बीको उपविजेतासँग खेल्नेछ । समूह उपविजेताले समूह बीको विजेता टोलीसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली युवा टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । उता श्रीलंकामाथि २–० को जित निकालेको बंगलादेशको टोली नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्न चाहन्छ ।

 

६ भाद्र २०८१, बिहीबार ०७:३०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस