|  

चार प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

७ भाद्र २०८१, शुक्रबार ०७:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र ७, काठमाण्डौँ । पछिल्लो एक घण्टामा बाराको सिमरा, कलैया र आसपासको क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।
यो क्षेत्रमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले दुधौरा, पसाहा, लाल बकैया खोला र आसपासका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसम विज्ञान विभागले जनाएको छ ।

यसैगरी गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेको छ । मेलम्चीको जलसतह सतर्कता तह आसपास रहेको विभागले जनाएको छ । मेलम्ची बजारलगायत तल्लो नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल कोशी र मधेश प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना विभागले जनाएको छ । राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशीसहित बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ छ ।

७ भाद्र २०८१, शुक्रबार ०७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस