यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
भाद्र ७, काठमाडौँ । एसियाली विकास बैंक एडिबीले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।
सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।