|  

प्रयास नेपाल धादिङको २३ औं बार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

८ भाद्र २०८१, शनिबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङको २३ औं बार्षिक साधारणसभा धादिङबेसी सम्पन्न भएको छ ।

जनजिविका होटलको सेमिनार हल धादिङबेसीमा भएको जिल्ला स्तरीय बार्षिक सामाजिक परिक्षण तथा २३ औं बार्षिक साधारण सभामा संस्थाको ०८०÷०८०१ वर्षको आर्थिक तथा प्रगति विवरणको समिक्षा गरिएको थियो ।

प्रयास नेपाल धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा धादिङ जिल्लाको ११ गाउँपालिका र २ नगरपालिहरुमा शिक्षा ,संरक्षण ,लैगिक तथा सामाजिक समावेशीकरण,उद्यमशीलता ,जलबायु अनुकूलन,संस्थागत सुसासन बिषयगत क्षेत्रमा रहि  सामुदायिक विकास कार्य गर्दै आईरहेको जानकारी गराईएको छ ।

सामाजिक लेखा परिक्षण  कार्यक्रममा कार्यकारी निर्देशक दामोदर अर्यालले आब २०८०र०८१ मा भए गरेका गतिविधिहरु सहितको बार्षिक प्रगति प्रस्तुत गर्नु  भएको थियो । २३ औं बार्षिक साधारणसभाले संस्थाको आगामी आब ०८१÷०८२ निति,कार्यक्रम तथा प्रस्तावित बजेट पारित गरेको छ ।

सामाजिक लेखापरिक्षणमा बिद्यालय, बालक्लब, बाल विकास सहजकर्ता, अभिभावकहरु लगायत बिभिन्न क्षेत्रमा सरोकारवालाहरु,वडाध्यक्षहरुले संस्थाले गरेका कामको प्रशंशा, सुझाव तथा सल्लाह दिएका थिए ।

साधारणसभामा संस्थालाई श्रोत खोजी तथा सूचना जानकारी र दस्तावेज लेखनमा सहयोग गर्ने नविन महर्जन, फिल्ड कर्मचारी मध्येबाट फिल्ड कार्यक्रम  अधिकृत मध्येबाट  सुरज श्रेष्ठ र लेखापाल राजन रिजाल र उत्कृष्ट सदस्य सम्मानबाट राम प्रसाद रिजाल सम्मनित हुनु भएको रेष्टन कंडेलले जानकारी दिनु भयो ।

साधारणसभा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान बिश्वकर्मा, बेनीघाट रोराङका गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेक, गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त बहादुर तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल , सिद्धलेक गाउँपालिका उपाध्यक्ष  सविता अर्याल,गौसस जिल्ला अध्यक्ष शालिकराम दुवाडी,जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक ,शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ , चाईल्ड फण्ड जापानका  यरिया मेनेजर  दल बहादुर सुनार , आड्रा नेपालका कार्यक्रम अधिकृत दिलिप चन्द्र ढकाल र जिल्लामा कार्यरत स्थानीय  गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायत  आतिथ्यता रहेको साधारणसभा तथा जिल्ला स्तरीय सामाजिक लेखा परिक्षण कार्यक्रम संस्थाका अध्यक्ष विर बहादुर श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु साझेदार संस्थाका प्रतिनिधीहरु,संस्थाका सदस्यहरु,लक्षित समुदायका प्रतिनिधीहरु,संचारकर्मीहरु लगायतको  ९७ जनाको उपस्थिति रहेको  प्रयास नेपाल धादिङका संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनु भयो ।

८ भाद्र २०८१, शनिबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस