यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
अनेरास्ववियु (क्रान्तिकारी) गजुरी गाउँपालिकाको अध्यक्षमा सुमन लो तामाङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
सम्मेलनले तामाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा रश्मी तामाङ, बिशाल रुपाखेती, शेर बहादुर बिक, प्रमिला अधिकारी, सचिवमा शिव पाण्डे, सह–सचिवमा बिश्वास बिक, अनुष्का तामाङ, सन्देश खड्का, वसन्त अधिकारी र कोषाध्यक्षमा मिलना अधिकारी रहेका छन् ।
सम्मेलन नेकपा माओवादी केन्द्र गजुरीका ईन्चार्ज धुव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नव निर्वाचित अध्यक्ष सुमन लो तामाङले आफ्नो कार्यकालमा बिद्यार्थीहरुको हकहितमा निमित्त सदैव प्रतिवद्ध भएर कार्यसम्पादन गर्ने बताउनु भएको छ ।