|  

टीआरसी विधेयक सभामुखबाट प्रमाणीत, राष्ट्रपति कार्यालय पठाईयो

१२ भाद्र २०८१, बुधबार १४:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १२, काठमाण्डौँ । सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी प्रमाणीत गरेका छन् ।

गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले आज प्रमाणीत गरेका हुन् ।
सभामुखबाट प्रमाणीत भएको विधेक अब राष्ट्रपति कार्यालयमा पठाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेरपछि यो ऐन कार्यान्वयनमा आउने छ ।

 

१२ भाद्र २०८१, बुधबार १४:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस