|  

राष्ट्रपतिबाट टीआरसी विधेयक प्रमाणीकरण

१३ भाद्र २०८१, बिहीबार १६:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १३, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी टीआरसी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।

 

१३ भाद्र २०८१, बिहीबार १६:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस