|  

अखिल (क्रान्तिकारी) धादिङको नयाँ कार्यसमिति गठन, अध्यक्षमा श्रीकृष्ण रिजाल चयन

१६ भाद्र २०८१, आईतवार ०८:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । अनेरास्ववियू क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्रीकृष्ण रिजाललाई अध्यक्षमा चयन गरेको छ । नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विवेक पोखरेल, उपाध्यक्षहरुमा सञ्जित सुवेदी, गणेश पाण्डे, अनिल उप्रेती, प्रयास घले, सचिवमा कविप्रसाद दुलाल, सह(सचिवहरुमा दिपेश कार्की, सपना दाहाल, अनिता विक, र कोषाध्यक्षमा भावना चयन भएका छन् ।

केन्द्रीय अध्यक्ष पञ्चा सिंहको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेल, जिल्ला अध्यक्ष विनोद आचार्य, केन्द्रीय नेताहरु पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी, अप्सरा सिंखडा लगायतको उपस्थिती रहेको थियो ।

 

१६ भाद्र २०८१, आईतवार ०८:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस