|  

गजुरीमा बृहत् वक्तृत्व कला प्रतियोगीता हुँदै, कसरी हुने सहभागी ?

१७ भाद्र २०८१, सोमबार २०:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिकाभरि रहेका माध्यमिक बिद्यालयस्तरिय बक्तृत्वकला प्रतियोगीता आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको बिशेष अबसर पारेर पालिकाभरि रहेका बिद्यालयहरुको कक्षा ९ देखि १२ सम्मका बिद्यार्थीहरुको सहभागीतामा यो कार्यक्रम आयोजना गर्न लागीएको गजुरी गाउँपालिका शिक्षा अधिकृत सन्तोष पौड्यालले जानकारी दिनुभयो । गजुरी गाउँपालिकाको बिकासका सम्भावना, अबसर र चुनौतिका बिषयमा रहेर बक्तृत्वकला आयोजना हुँदैछ ।

प्रतियोगीतामा हरेक बिद्यालयबाट एक जना छात्रा तथा एक जना छात्र सहभागी हुन पाउनेछन् । प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय लगायत सान्त्वनालाई उचित पुरस्कारका साथमा यातायात खर्च समेत उपलब्ध गराईने गजुरी गाउँपालिका शिक्षा शाखाले जनाएको छ । सहभागी हुन आफ्नो बिद्यालयमा सम्पर्कगरि नाम टिपाउन सकिनेछ ।

१७ भाद्र २०८१, सोमबार २०:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस