|  

प्रतिनिधिसभाको बैठक बस्दै

१८ भाद्र २०८१, मंगलवार ०६:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १८, काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सनाउने छन् ।

त्यस्तै आजै सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालयसम्बन्धी सांसदहरूले उठाएको मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । विशेष समितिलाई यससघि ३ महिना समयावधि दिइएकामा अब १५ दिन थप्ने तयारी छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन र सावर्जनिक सेवा प्रशारण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

१८ भाद्र २०८१, मंगलवार ०६:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस