|  

अनेमसंघ (क्रान्तिकारी) गजुरीद्धारा तिज विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

१९ भाद्र २०८१, बुधबार १६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । नजिकिँदै गरेको हरितालिका तिजको अवसरमा अखिल नेपाल महिला संघ गजुरी गाउँपालिका कमिटीले शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । गजुरी गाउँपालिका एक स्थित आदर्श बहुमुखि क्याम्पसमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य अतिथी नेकपा माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने सुबोध, बरिष्ठ अतिथी गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, गजुरी वडा नम्बर १, ५, ६, ८ का अध्यक्षहरु तारा भण्डारी, गोबिन्द लामिछाने, कर्ण तामाङ, देवराज ओझा लगायतको उपस्थिती रहेको थियो । साथमा पार्टीका अन्य ब्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा तिज बिशेष कार्यक्रमलाई उत्कृष्ट बनाउनका लागी शुभकामना गीतका साथमा महिलाहरुले आफ्ना गीतहरु पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले महिलाहरुको तिज बिशेष यो कार्यक्रम भड्किलो नभई सभ्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । महिलाहरुको आत्मबल देखि उनीहरुको आयआर्जनका पाटाहरुलाई अझ बढी फराकिलो बनाउन गजुरी गाउँपालिकाले धेरै योजनाहरु ल्याएको बताउनुभयो । महिला उद्यमशिल कार्यक्रमहरुले अझ बढी महिलाहरुमा शशक्त भुमिका खेल्ने कुरामा जोड दिनुभएको थियो । उहाँले आउँदै गरेको तिजको शुभकामना समेत दिनुभएको छ ।

यसैक्रममा प्रमुख अतिथीका रुपमा आउनुभएका दिपक लामिछाने सुबोधले महिलाहरुको तिज बिषेश कार्यक्रमले महिलाहरुलाई रमाउने मौका मिल्ने कुरा गर्नुभएको थियो । उहाँले हरेक बर्ष आउने चाड सभ्य तरिकाले मनाउन पनि सुझाव दिनुभयो ।

 

कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, उद्योगि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन सुनिता पाण्डेले गर्नुभएको थियो ।

 

१९ भाद्र २०८१, बुधबार १६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस