|  

कम्युनिष्टहरुले आफैलाई सिध्याउँछन्, नेपालमा पनि त्यस्तै संकेत देखा पर्दैछ – प्रचण्ड

९ फाल्गुन २०७६, शुक्रबार १०:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतराका संकेतहरु पैदा भएको बताएका छन् ।
भक्तपुरमा नारायणविलास जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको भवन शिलान्यास कार्यक्रममा प्रचण्डले आफूले खतरा पैदा भइसक्यो भन्न हतारो हुने भएपनि संकेतहरु त्यस्तै देखिएका बताउनु भयो ।
सत्तामा नहुँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासनमा रहेका बेला भने आदर्शबाट विचलित हुने गरेका विश्वको इतिहास रहेको उहाँकोभनाई थियो ।
‘यसो हेर्‍यो भने हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु अहिले भैसक्यो भन्या होइन है फेरि, मेरो भनाईलाई फेरि बढि नबुझियोस्, तर संकेत त त्यति राम्रा देखिएनन् नि आजभोलि । घटना यसो हेरयो भने, मान्छेहरु त बिग्रिने बिग्रिने तिर जस्तो जो देखिँदैछ, त्यस्तो बेलामा आज नारायणविलासी जोशी जस्ता नेतालाई औपचारिक रुपमा सम्झने मात्रै होइन, व्यवहारमा पनि आदर्श देखाउन आवश्यक छ’, प्रचण्डले भने ।
उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन् त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचिलत हुने गरेका बताए ।
‘हिजो मृत्यलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढि २० औँ सताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पुँजिपति चाहिन्न । बन्दुक पनि चाहिन्न । आफैले आफैलाई सिध्याउने रहेछन् ।

९ फाल्गुन २०७६, शुक्रबार १०:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस