|  

बार्षिक समिक्षा सम्पन्न

१४ फाल्गुन २०७६, बुधबार १०:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ,१४फाल्गुन २०७६
प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारी तथा गजुरी र बेनिघाटरोराङ गाँउपालिकाको समन्वयमा सञ्चालन गरेको महिला तथा किशोरी हिंसा बिरुद्धको कार्यक्रम प्रभावकारी भएको गजुरी गाँउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भयो । हिजो मंगलबार गजुरी गापा वडा नं. १ को प्राङ्गणमा प्रयास नेपाल धादिङले आयोजना गरेको बार्षिक समिक्षा कार्यक्रममा बस्नेतले सो कुरा बताउनु भएको हो । बस्नेतले संस्थाले महिला तथा किशोरीहरुको क्षमता बिकास तथा अायअार्जनमा गरेको लगानी फलदायी देखिएको र अागामि दिनमा दिगोपन र समुहको संस्थागत विकासमा गाउँपालिकाले जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिकाको विकास योजनामा सहयोग गरेकोमा संस्था प्रति आभार व्यक्त गर्नु भएको थियो । प्रयास नेपाल धादिङले कार्यक्रम प्रगति तथा प्रभावको बारेमा जानकारी गराउने र स्थानीय तह तथा सम्बन्धित सरोकारवालाहरु संगको समिक्षा कार्यक्रम गरेको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो । गजुरी र बेनिघाटरोराङ गाँउपालिकामा लामो सयम देखि विकास साझेदारको रुपमा कार्यरत गैरसरकारी संस्था प्रयास नेपाल धादिङले गजुरी र बेनिघाटरोराङ गाँउपालिकामा महिला सशक्तीकरण कार्यक्रम संचालन गर्दै अाएको छ । बार्षिक प्रगति समिक्षा कार्यक्रममा ३८ जना महिला सहित ६४ जनाको सहभागीता रहेको थियो । महिला संरक्षण तथा शसक्तिकरण कार्यक्रमले गरेका क्रियाकलाप ,नतिजा र प्रभावहरुको बारेमा समिक्षा भएको प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक सुनिल केसीले जानकारी दिनु भयो । प्रयास नेपाल धादिङका अध्यक्ष सबिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले कार्यक्रम संचालनको अौचित्य र महत्त्वको बारेमा जानकारी गराउनु भएको थियो । समीक्षा कार्यक्रममा बेनिघाटरोङ गापाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई ,गजुरी गापाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल , गजुरी र बेनिघाटर‍राङ गापाका विभिन्न वडाका वडाध्यक्षहरु,बाल बिकास सहजकर्ता,बिद्यालय प्रधानाध्यापक ,समूह अगुवा लगायतको उपस्थिति रहेको गजुरीबाट उषा थापा मगरले जानकारी दिनु भयो ।

१४ फाल्गुन २०७६, बुधबार १०:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस