|  

दुई वटा सशक्त पार्टी एक भएको विश्वमा कहिं छैन : मन्त्री जम्कटेल

१८ फाल्गुन २०७६, आईतवार २२:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले विश्वमा दुई वटा शक्तिशालि पार्टी एक भएको कहिं कतै नभएको बताएका छन् । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर कमिटीले आयोजना गरेको वडा कमिटी सपथ एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जम्कटेलले यस्तो बताउनु भएको हो । ‘दुई ठुला कम्युनिष्ट पार्टी एक भए पछि बनेको नेपाल कम्युष्टि पार्टी (नेकपा)को एकतालाई विश्वले हेरि रहेको छ । दुई वटा सशक्त पार्टी एक भएको विश्वमा कहिं छैन ।’ कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका मन्त्री जम्कटेलले प्रदेश सरकार भर्खर संस्थागत भएकोले सोचे अनुरुपको काम हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका संघिय सांसद भुमि त्रिपाठीले पार्टी भित्रको बैचारिक मत भिन्नता विस्तारै हल हुँदै जाने र पार्टी एक ढिक्का हुनेमा कुनै शंका नगर्न कार्यकताहरुलाई आग्रह गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर कमिटीका अध्यक्ष रामराजा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज शालिकराम जम्कटेलको प्रमुख आतिथ्यता रहेको थियो भने संघिय सांसद भुमि त्रिपाठीको विषेश आतिथ्यता रहेको कार्यक्रममा नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल, जिल्ला कमिटीका सदस्यहरु राजन रेग्मी निशान,दिपक लामिछाने सुबोध लगायतको आतिथ्यता रहेको थियो । धुनिवेशी नगर कमिटीका सचिव राजकुमार पाठकले संचालन गर्नुभएको कार्यक्रममा नगर भित्र रहेका वडा कमिटीका अध्यक्ष, सचिव र सदस्यहरुलाई नेकपाका केन्द्रीय समेत रहेका मन्त्री जम्कटेलले सपथ खुवाएका हुन् ।

१८ फाल्गुन २०७६, आईतवार २२:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस