|  

घर घरमा खानेपानी आए पछि गजुरी पिडाबासीमा खुशीयाली

३१ चैत्र २०७७, मंगलवार २२:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
पिडागाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरी धादिङले खानेपानी योजनाको उद्घघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उद्घघाटन कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारी अध्यक्षता तथा संघिय सासंद भुमि प्रसाद त्रिपाठीको प्रमुख अतिथ्यता र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको बिशेष अतिथ्यता भएको हो । उद्घघाटन कार्यक्रममा स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि खुशीयाली मनाएका थिए । मंगलबार सम्पन्न कार्यक्रममा गजुरी गापा वडा नं ५ का वडाध्यक्ष रामचन्द्र मिजार,वडा नं ६ का वडाध्यक्ष अर्जुन भुजेल प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,ईन्जिनियर सन्तोष ढकाल ,पत्रकार नवराज छत्कुली,छिमेकी खानेपानी योजना समितिका अध्यक्षहरु,संचारकर्मीहरु लगायत स्थानीय उपभोक्ताहरुको उल्लेख्य सहभागीता रहेको थियोे । अक्सफामको सहयोग प्रयास नेपाल धादिङले पुर्णिामा कार्यक्रम अन्तरगत संचालित योजनाबाट १ सय ५४ घर-घरमा धारा र गजुरी पीडा माध्यमिक बिद्यालय बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरि १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ । प्रयास नेपाल धादिङको १ करोड ३ लाख २१ हजार ६ सय ५५ रुपैया गजुरी गाउँ पालिकाको १४ लाख ६५ हजार रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैया समेत गरि १ करोड ६६ लाख ५९ हजार ७ सय ७४ रुपैयाँ खर्चमा योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो । कार्यक्रममा ४ सय जना बालबालिका अध्ययन गर्ने गजुरी पीडा माध्यमिक बिद्यालयमा खानेपानी असाध्यै समस्या रहेकोमा गाउँमा संचालन भएको खानेपानी योजनाको सहयोगमा बिद्यालयमा पनि बालमैत्री धारा निर्माणले खानेपानी अापुर्ति तथा सरसफाइ व्यवस्थापनमा समेत सहयोग भएको प्रधानाध्यापक राम कुमार श्रेष्ठले बताउनु भयो । स्थानीय उपभोक्ता सीता पण्डितले पहिलो डोको बोकेर घण्टौसम्म पानीको लागि समय दिनु पर्ने थियोे भने अहिले गजुरी ५ को दोभाने,जोगिबिसौना छापगाउँ,भतेरचौर ,भिमसेन स्थान,कुर्ले चौर ,सिरमलडाँडाको सबै घरमा २४ सै घण्टा स्वच्छ पानीको व्यवस्थाले ज्यादै खुशी रहेको बताउनु भयो ।पानी भर्न लामाे समय बिताउनु पर्ने दोभाने,जोगिबिसौना लगायतको गाउँ बस्तीको घरघरमा धारामा पानी पाउँदा हामी महिलाहरुलाई सहयोग गर्ने पनि संस्था रहेछ भन्दै अाफ्नो अतितका भोगाइ सुनाउनु भएको थियो । घर घरमा खानेपानी पछि अब कुर्लेचौर,डाँडाटोल, पिडागाउँ,भिमसेन स्थान गाउँ पुर्ण सरसफाइमा अघि बढेको बताउँदै गजुरी पिडाको प्रत्येक घरमा भाँडा सुकाउने टाँड बनाईएको थालिएको , फोहोर व्यवस्थापनको लागि डस्विन राख्न शुरु गरिएको सरण मिजारले बताउनु भयो । पहिला खोलाको धमिलो पानी खानु परेकोमा अहिले घर घर स्वच्छ पानी अाएकोमा बृद्धा, महिला तथा बालबालिकालाई धेरै सजिलो भएको पार्वती सुनारले बताउनु भयो । कार्यक्रममालाई सम्बोधन प्रमुख अतिथि सांसद भुमि प्रसाद त्रिपाठी तथा गापा अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकाले सबै घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य अनुसार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा पिडागाउँमा खानेपानी योजना संचालन गरेको बताउनु भयो । गजुरी वडा नं ५ को खानेपानी योजनामा गाउँपालिकाबाट पनि १४ लाख ६५ हजार रकम लगानी गरिएको बताउँदै गजुरी गाउँपालिका अध्यक्ष बस्नेतले घरघरमा नै धारा निर्माण भएपछि महिलाको कार्यबोझ समेत कम हुने भएकोमा खुशी व्यक्त गर्दै पुर्ण सरसफाइमा ध्यान दिन अनुरोध गर्दै नियमित सरसफाइ तथा दिगोपनमा बिशेष ध्यान पनि उपभोक्ता समितिको अनुरोध गर्नु भएको गजुरी वडा नं ५ पिडागाउँबाट प्रयास नेपाल धादिङका सिताराम चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा खानेपानी निर्माण गर्न उल्लेख सहयोग गर्ने स्थानीय उपभोक्ताहरु,सहयोगी संस्था र संस्थाका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियोे।

३१ चैत्र २०७७, मंगलवार २२:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस