नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी र चितवन एफसीले बराबरी खेलेका छन् ।
दशरथ रङ्गशालामा साेमवार भएको खेलमा ललितपुर र चितवनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ललितपुरका कमल श्रेष्ठले गोल गरे भने चितवनका अमित तामाङले गाेल गरे ।
पहिलो खेलमा ललितपुर काठमाण्डाै रेन्जर्ससँग एक–शून्यले पराजित भएको थियो ।
©Ujyaaloonline