|  

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

१९ बैशाख २०७८, आईतवार १०:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले आइतबार विहान विज्ञप्ती जारी गरेर मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको स्पष्ट पारेका छन् ।

नेपालको संविधानको धारा १६९(१) (क) अनुसार पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।  पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन् ।

मुख्यमन्त्रीविरुद्ध आज संसदमा अविश्वासको प्रस्ताव पेस हुने र सोमबार मतदान हुने तय भएको थियो ।

१९ बैशाख २०७८, आईतवार १०:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस