|  

अविरल बर्षाको कारण ग्रामीण सडकमा आवात जावत गर्न समस्या

१९ असार २०७८, शनिबार ११:२२ प्रकाशित
प्रदेशहब संवादाता

अनिल उप्रेती


अनिल उप्रेती,धादिङ केहि दिनदेखि परिको अविरल वर्षाको कारण ग्रामीण भेगको सडक तथा बाटो हरुमा पहिरो खस्ने भासिने जस्ता समस्याले आवात जावत नै बन्द भएको छ । विगतका वर्षहरुमा झैं यो वर्षायाममा पनि सडक अबरुद्ध हुन पुगेको हो ।
अव्यवस्थित सडक निर्माण तथा सडकहरुमा पक्की नालिको अभावको कारणले गर्दा पहाडी भेगमा बर्सेनि ढुङ्गा माटो बगायर लेराउने तथा सडक भासिने जस्ता कारणले सडकहरु अबरुद्द हुने गरेको छ । । सडक चौडा पार्दा पनि विभिन्न कारणले गाउघरमा राम्रो सग काम नहुदा बर्सेनि पहिरो लाग्ने गर्दछ।पहिरोको कारणले सडक अबरुद्ध मात्र नभयर तेहा आबतजाबत गर्ने मान्छेहरु तथा चौपायाहरुलाइ समेत पहिरोमा पर्ने जोखिम उच्छ रहेको छ।
सडक निर्माण हुदा तथा मर्मत हुदा समेत कतिपय स्थानमा गुणस्तरीय निर्माण कार्य नहुदा पनि वालहरु भत्कने तथा बाढीले बगाउने गर्दा बर्खा लागेसगै ग्रामीण भेगको सडकहरु बिग्रने,आबतजाबतमा अबरुद्द हुने तथा भिभिन्न मानबिय तथा भौतिम सम्रचनाहरुमा क्षति पुुगेको छ । अव्यवस्थित रुपमा हुने विकास निर्माणका कामले वर्षेनी यस्तो समस्या आउने गरेको हो ।

१९ असार २०७८, शनिबार ११:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस