|  

अध्यक्ष ओलीसँग भेट्न माधव नेपाल राजी 

१८ श्रावण २०७८, सोमबार २०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


‘अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट र कुराकानीको तयारी भइरहेको छ,’ उनले भने, ‘कहिले भेट हुन्छ भनेर मिति नसोध्नुस्। उहाँहरूको भेटघाट छिट्टै हुन्छ, मैले त्यही बुझेको छु।’ पन्तले कार्यदलले अध्यक्ष ओली र नेपालकै सल्लाहमा पार्टी एकताका लागि प्रयास गरिरहेको पनि बताए।

‘कार्यदलमा भएको सहमति र कार्यदलमा भइरहेको कुराकानीबारे अध्यक्ष ओली पनि जानकार हुनुहुन्छ। नेता नेपाललाई पनि हामीले जानकारी गराइरहेका छौं,’ उनले भने, ‘दुवै पक्षको सहमति र निर्देशनमा एकता प्रक्रिया अघि बढेको हो।’ उनले अध्यक्ष ओली र नेता नेपालसँग छलफल गरेर एकता प्रक्रियालाई टुंग्याउने प्रयास भइरहेको पनि बताए।

‘उहाँहरूसँगको सल्लाहमै कार्यदल स्तरमा वार्ता भइरहेको छ। हामी सबै नेता मर्यादित र संयमित भएर अघि बढ्नुपर्छ,’ उनले भने। बैठकले दुवै पक्षका नेता संयमित र मर्यादित भएर प्रस्तुत हुनु पर्ने पनि निष्कर्ष निकालेको उनले बताए। नेता पन्तले आफूहरूको प्रयास पार्टीलाई बलियो र एकताबद्ध बनाउने नै भएको बताए।

१८ श्रावण २०७८, सोमबार २०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस