|  

राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत धादिङ गंगाजमुनाका २ गर्भवती महिलाको हवाई उद्धार

१९ श्रावण २०७८, मंगलवार १३:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको  गंगाजमुना गाउँपालिका वडा नं. २ की जोकर सिरी तामाङ र समीक्षा तामाङलाई हवाई उद्धार गरिएको छ । बिगत २ दिनदेखि प्रशव बेथाका कारण प्रशुती हुन नसकेकी वर्ष ३९ की तामाङलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो ।

यस्तै ३० वर्षीय समीक्षा तामाङलाई गर्भवती अवस्थामै स्वास्थ्यमा समस्या देखिएको र उपचारको लागि री स्वास्थ्य चौकी ल्याइएकोमा थप उपचार गर्नुपर्ने भएकाले काठमाडौँ लगिएको अधिकारीले बताउनु भयो । गंगाजमुना गाउँपालिकाले आफ्नै खर्चमा पनि गर्भवती महिलाहरुको हवाई उद्धार गर्दै आाएको छ ।

१९ श्रावण २०७८, मंगलवार १३:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस