|  

मन्त्री परिषद् वैठक : यस्ता छन् आजको निर्णय

१९ श्रावण २०७८, मंगलवार १९:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

यस्तै गुरु भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धकबाट हटाउने प्रक्रिया सुरु गरेको छ। प्रक्रिया स्वरुप उनलाई स्पष्टिकरण सोधिएको छ। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताए।

भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए। विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका थिए।

त्यस्तै, आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।

सदस्यहरूमा काठमाडौं कलंकीका डिल्लीराम रिमाल र काठमाडौं महानगरपालिका ९ कीर्तिपुरकी नन्दकुमारी महर्जन नियुक्त भएको उनले जानकारी दिए।

१९ श्रावण २०७८, मंगलवार १९:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस