|  

धादिङमा डेंगु र स्क्रब टाइफसका बिरामी बढे

२५ श्रावण २०७८, सोमबार ०७:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


  धादिङ । सदरमुकामस्थित अस्पतालमा ज्वरोका बिरामीको चाप बढेको छ ।  जेठ-असारमा भन्दाअहिले ज्वरोका बिरामीको चाप बढेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले बताए ।

उनका अनुसार दैनिकजसो २ सय जना बिरामी ज्वरो क्लिनिकमा आउने गरेका छन् । तीमध्ये २५ प्रतिशत कोभिड अन्य सबैमा डेंगु र स्क्रब टाइफसको लक्षण देखिने गरेको सूचना अधिकारी बिकले बताए ।

मौसम परिवर्तनका कारण भाईरलका बिरामी बढेसँगै डेंगु र स्क्रब टाइफसका बिरामी पनि यो महिना बढेको हो ।

अस्पतालले व्यक्तिगत सरसफाइलाई विषेश ध्यान दिन, ताजा तथा स्वच्छ खानेकुरा खान र कोभिडसFग सम्बन्धित लक्षणहरू छन् भने स्वास्थ्यकर्मीसँग परामर्श लिई उपचार गर्न अनुरोध गरिएको छ । बिरामीको चाप बढी भएका र स्वास्थ्यकर्मीको संख्या अस्पतालको दरबन्दीभन्दा कम भएकाले व्यवस्थापनमा समस्या भएको जिल्ला अस्पतालले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

२५ श्रावण २०७८, सोमबार ०७:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस